Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ११ गते शुक्रबार

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन्।

घुस लिएको पुष्टिहुने  अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका थिए। गुप्ताले भने आरोप अस्वीकार गर्दै आफूमाथि “सुनियोजित हमला” भएको दाबी गरेका छन्।

गुप्ताविरुद्ध मालपोत प्रमुखको सरुवा र भूमि आयोगको पद दिलाउने भन्दै रकम लेनदेन गरिएको अडियो र तस्वीरहरू सार्वजनिक भएका थिए।

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्कालै बर्खास्त गर्नका लागि एमाले, कांग्रेस र विपक्षी दल माओवादी सहितका  सांसदिय दलहरूले प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरेका थिए ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.