Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

१६५ प्रत्यक्ष सिटमध्ये अहिलेसम्म रास्वपाले जित्यो ९७, समानुपातिकमा पनि कटायो १० लाख

प्रतिनिधिसभाको १६५ प्रत्यक्ष सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार बिहान ६ बजेसम्म ९७ सिट जितेको छ।

समानुपतिक मत गणनामा पनि ५० प्रतिशतभन्दा बढी रास्वपाले नै ल्याएको छ।

आइतबार बिहानसम्म २० लाखभन्दा बढी समानुपातिक मत गन्दा रास्वपाले १० लाख ३१ हजार ७१८ मत ल्याएको छ। यो अहिलेसम्म गनेको समानुपातिक मतको ५१ प्रतिशत हुन्छ।

समानुपातिकतर्फ नेपाली कांग्रेस दोस्रो स्थानमा छ। कांग्रेसले अहिलेसम्म ३ लाख ४३ हजार ६५७ मत ल्याएको छ। यो १७ प्रतिशत हो।

त्यस्तै, नेकपा एमाले २ लाख ७३ हजार ११ समानुपातिक मतसहित तेस्रो स्थानमा छ। यो १३ प्रतिशत हो।

चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ लाख २० हजार १०७ मत ल्याएको छ। यो ५ प्रतिशत हुन आउँछ।

यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीले ७३ हजार ८५७ मत ल्याएको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ४३ हजार २४२ मत ल्याएको छ।

राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६५८ समानुपातिक मत ल्याएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.