नेपाली कांग्रेस प्रदेश प्रतिनिधिमा केशव भुसालको उम्मेदवारी घोषणा
दाङ । नेपाली कांग्रेसका युवा नेता केशव भुसालले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै युवा पुस्ताको सहभागिता बढाउने उद्देश्यसहित आफूले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएको भुसालले बताएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका भुसालले पार्टीको नीति, सिद्धान्त र आदर्शलाई आत्मसात् गर्दै संगठन निर्माणमा निरन्तर योगदान गर्दै आएको बताएका छन्।
नेपाली कांग्रेस प्रदेश प्रतिनिधिमा केशव भुसालको उम्मेदवारी
