Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ कार्तिक १७ गते सोमबार

लुम्बिनी प्रदेश सदस्यमा उम्मेदवारी दिने केशव राज भुसालको घोषणा

दाङ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि केशव राज भुसालले आगामी दिनमा लुम्बिनी प्रदेश सदस्य पदमा उम्मेदवारी दिने आफ्नो चाहना र प्रतिबद्धता सार्वजनिक गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयी भएका भुसालले आफूलाई विश्वास गरी विजयी गराउन सहयोग गर्ने सम्पूर्ण अग्रज नेता, वडा सभापति, क्षेत्रीय प्रतिनिधि, साथीभाइ तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

उनले आफ्नो राजनीतिक यात्रा कुनै व्यक्ति वा समूहविरुद्ध नभई पार्टीभित्र एकता, आपसी सद्भाव, युवाको सहभागिता, अग्रजको अनुभवको सम्मान र संगठन सुदृढीकरणका लागि केन्द्रित रहने बताएका छन्।

भुसालले आगामी १२ गते लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट आउने प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट, आपसी परिचय, अनुभव आदानप्रदान र समसामयिक राजनीतिक विषयमा छलफल तथा विचारविमर्श गर्ने अपेक्षा व्यक्त गरेका छन्।

उनले फरक विचार र समूहमा रहेका सबैप्रति सम्मान व्यक्त गर्दै नेपाली कांग्रेसलाई थप सशक्त बनाउन आपसी एकता, विश्वास र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रदेश सदस्यको निर्वाचन मिति तय हुन बाँकी रहेकाले औपचारिक निर्वाचन प्रक्रिया र समयतालिकाअनुसार अगाडि बढ्ने भुसालले बताएका छन्।

भुसालले पदभन्दा जिम्मेवारी, राजनीतिभन्दा सेवा र व्यक्तिगत स्वार्थभन्दा पार्टीको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.