दाङ बाहिरबाट तुलसीपुर आएर कानुन अध्ययन गर्नुभएकी रञ्जना कामी पछिल्लो समय सामाजिक काम र पीडितहरूको पक्षमा उठाउने आवाजका कारण उदाहरणीय बन्दै जानुभएको छ।

जातीय विभेद र दलितमाथि हुने अन्यायविरुद्ध आवाज उठाउनेदेखि महिला तथा बालबालिकामाथि हुने अपराधका घटनामा पीडितको पक्षमा खुलेर बोल्दै आउनुभएकी रञ्जना आफैं घटनास्थलसम्म पुगेर सहयोग र उद्धारमा जुट्ने गर्नुहुन्छ।
अझ पछिल्लो समय आएको बाढीपहिरोका कारण पीडित बनेका नागरिकको सहयोगका लागि उहाँ आफैं आवश्यक सामग्री जुटाउँदै, गाडीमा सामान लोड गर्दै सम्बन्धित ठाउँसम्म पुर्याउन सक्रिय देखिनुभएको छ। प्रचारका लागि होइन, समस्यामा परेका मानिसको दुःखमा साथ दिनुपर्छ भन्ने भावनाले उहाँले गरिरहेको यो काम वास्तवमै प्रशंसनीय छ।
सामाजिक सञ्जालमा सहयोगका नाममा अरूले पठाएको रकम वा सामग्रीलाई आफ्नो योगदानजस्तो देखाउने प्रवृत्तिभन्दा फरक, आफैं फिल्डमा पुगेर, आवश्यक सामग्री जुटाएर र पीडितसम्म पुर्याउने रञ्जनाको प्रयासले समाजसेवाको वास्तविक अर्थ बुझाउँछ।
कुनै पद, प्रचार वा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पीडितको पक्षमा आवाज उठाउने र आवश्यक पर्दा आफैं मैदानमा खटिने युवाहरू आजको समाजलाई आवश्यक छन्।
रञ्जना बहिनी, तपाईंले गरिरहेको यो निःस्वार्थ कामप्रति सम्मान छ। ❤️🙏
यस्तै सकारात्मक काम गर्ने युवाहरूलाई हौसला दिऔँ, समाजमा राम्रो काम गर्नेहरूलाई अगाडि बढाऔँ। 🙏❤️
