
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय भेलाका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीको अगुवाइमा दाङका महाधिवेशन प्रतिनिधि युवराज खड्कालगायत जिल्लाका नेता तथा प्रतिनिधिहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सामूहिक भेटघाट गरेका छन्।
भेटघाटमा दाङको समसामयिक राजनीतिक अवस्था, पार्टी संगठनलाई थप सुदृढ बनाउने विषय तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको छ।
दाङ कांग्रेसमा सबै तहका नेता–कार्यकर्तालाई एकताबद्ध गर्दै संगठनलाई अझ बलियो बनाउने दिशामा यस्ता भेटघाटले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
