चाडपर्व नजिकिँदै गर्दा ठेकेदारका समस्या बढे, नगरपालिकामा गुनासो

चाडपर्व नजिकिँदै गर्दा भुक्तानी नपाएको लगायतका विभिन्न समस्या भोग्नुपरेको भन्दै दाङका ठेकेदारहरूले नगरपालिकामा गुनासो गरेका छन्।
निर्माण व्यवसायीका उपाध्यक्ष कृष्णबहादुर खड्काको नेतृत्वमा ठेकेदारहरूको टोली नगरपालिकामा पुगेर सम्बन्धित हाकिमसमक्ष आफ्ना समस्या र गुनासा राखेको हो।
काम सम्पन्न गरिसक्दा पनि भुक्तानी नपाएको र काम सम्पन्न हुन नसकेका योजनामा समय थप नगरिएको भन्दै ठेकेदारहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
