तुलसीपुरमा सञ्चालन हुँदै आएको सजना मिष्ठान्न भण्डार ले एक पत्रकारबाट दुःख पाएको आरोप लगाएको छ। सजना भण्डारका सञ्चालकका अनुसार, नयाँ वर्षको विज्ञापनको नाममा युटुबे पत्रकार चेतन ओलीले जबरजस्ती पैसा मागेका थिए। अनावश्यक विज्ञापन गर्न नसकिने बताएपछि उनले आफू पत्रकार भएको दाबी गर्दै महिला कर्मचारीलाई धक्का दिँदै बिना अनुमति किचेनमा प्रवेश गर्न खोजेको आरोप छ। घटनालाई लिएर सञ्चालकले भनेका छन् कि उक्त व्यक्तिले आफ्नो गल्ती नदेखाई भिडियो काटछाँट गरेर व्यवसायीलाई मात्र नकारात्मक रूपमा प्रस्तुत गरेको आरोप लगाइएको छ।

सजना मिष्ठान्न भण्डारले आफूहरू सधैं सफा, स्वच्छ र व्यवस्थित वातावरणमा ग्राहकलाई गुणस्तरीय नास्ता उपलब्ध गराउँदै आएको दाबी गरेको छ। साथै, यस्ता गतिविधिबाट तुलसीपुरका अन्य व्यवसायीहरू पनि पीडित भएको बताइएको छ। यस घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न तुलसीपुर उद्योग वाणिज्य संघसँग माग गरिएको छ।
