Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

घोराहीको एक गेष्ट हाउसबाट लागुऔषध सहित चार जना पक्राउ

तुलसीपुर, ४ चैत । दाङको घाराहीमा रहेको एक गेष्ट हाउसबाट प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्वर २ नुवागाउँका २४ बर्षिय धोज बहादुर घर्ति, सोहि वडाको नुवागाउँ घर भई हाल घोेराहीमा बस्ने ३१ बर्षिय हिरामणि घर्ति, माडी गाउँपालिका वडा नम्वर ७ मिसीडाँडा घर भई हाल घोराही बस्ने २६ बर्षिय ईश्वर बुढामगर र घोराही १४ नवजलजला बस्ने २६ बर्षिय विनय डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुलाई गत फागुन २३ गते घोराही १४ मा रहेको न्यु मनकामना गेष्ट हाउसबाट पक्राउ गरेको हो । होटेलमा लागु औषधको कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले खोजतलास गर्दा उनीहरुको साथबाट ६० ग्राम ३२० मिलिग्राम लागु औषध -ब्राउन सुगर ) बरामद गरेको हो ।

साथै उनीहरुको साथबाट नगद ३५ हजार ८३५ रुपैया फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रमेश बोहराले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेकाहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.