दाङ, चैत १४ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा शनिबार दिउँसो बाँकेमा एमालेले पर्दशन गरेको छ ।

नेपालगंजस्थित पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध र्यालीका सहभागीहरुले विपीचोकमा पुगेपछि गृहमन्त्री सुधन गुरुङको पुत्ला दहन गरेका थिए ।
र्यालीका सहभागीहरुले प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङ बिरुद्ध चर्का नाराबाजी गरेका थिए । नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रमका सहभागीहरुले सडकमा टायर बालेपछि त्यो निभाउन गएको प्रहरी र एमाले कार्यकर्ताका बीचमा केही बेर धकेला धकेल चलेको थियो ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य एमालेले बाँकेमा एक सिट जितेको छ । एमाले बाँकेले १९ गतेसम्म आन्दोलनका कार्यत्रम घोषणा गरेको छ ।
