Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ६ गते आईतवार

विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्।

आइसिसी टी-२० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्।

सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन्।

कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ।

दक्षिण अफ्रिका सुपर-८ बाट समूह ‘ए’को विजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेको थियो।

सुपर-८ को खेलमा उसले जिम्बाब्वेलाई ५ विकेट र वेस्ट इण्डिजलाई ९ विकेटले पराजित गरेको थियो। भारतविरूद्ध उसले ७६ रनको फराकिलो जित निकालेको थियो।

न्युजिल्याण्ड सुपर-८ को समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो।

सुपर-८ मा उसले एउटा मात्रै खेल जितेको थियो। इंग्ल्याण्डसँग ४ विकेटले पराजित हुँदा श्रीलंकालाई ६१ रनले हरायो।

वर्षाका कारण पाकिस्तानसँगको खेल भने रद्द भएको थियो।

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच भएको पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जित्दा दक्षिण अफ्रिकाले २ खेल जितेको छ।

आज विजयी हुने देशले बिहीबार दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्याण्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.