Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

१६१ स्थानको नजिता आउँदा कुन–कुन पार्टीले कति जिते?

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत बिहीबार भएको निर्वाचनको मत परिणाम अन्तिमतिर पुगेको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ स्थान जितेर दुई तिहाइ बहुमत नजिक अग्रसर भएको छ। उसले समानुपातिक मततर्फ ३७ लाख १ हजार १३१ मत ल्याएको छ। हाल उसले एक स्थानमा अग्रता लिइरहेको छ। मत गणना भइरहेको गोरखा १ मा उसले फराकिलो अग्रता लिइरहेको हो।

कांग्रेसले १७ स्थान जितेर दोस्रो ठाउँ बनाएको छ। उसले इलाम–१ मा अग्रता लिइरहेको छ। समानुपातिकतर्फ कांग्रेसले १२ लाख ४९ हजार ८४० मत ल्याएको छ।

यस निर्वाचनमा अनपेक्षित रूपमा खुम्चिएको नेकपा एमालेले प्रत्यक्षमा ८ स्थान जितेको छ भने संखुवासभामा अग्रता लिइरहेको छ। समानुपातिकतर्फ एमालेले १० लाख ५९ हजार ८६ मत ल्याएको छ।

नेपाली कम्युनिस्ट पार्टीले हालसम्म ७ स्थान जितेको छ। उसले समानुपातिकतर्फ ५ लाख ४४ हजार १६६ मत ल्याएको छ। प्रत्यक्षतर्फ एक स्थान  जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ लाख ६० हजार ६४५ मत प्राप्त गरेको छ।

श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थान जितेर समानुपातिकमा २ लाख ४९ हजार ३४६ मत प्राप्त गरेको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.