Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ श्रावण १२ गते मंगलवार

जाजरकोटमा पहिरोको दुःखद घटना

दाङ पोस्ट | असार २८

: एक जनाको मृत्यु, दुई जना घाइते

जाजरकोटको भेरी नगरपालिका–२ राङ्सीमा अविरल वर्षापछि आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी ६७ वर्षीया जयशिलाकुमारी शाहको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र ७ वर्षीया नातिनी टीका थापा रहेका छन्। दुवैको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान करिब २ बजेतिर जस्ता पाताले बनेको अस्थायी टहरामाथि ढिस्को खस्दा उक्त घटना भएको हो।

प्रहरी निरीक्षक सुधिरराज खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। स्थानीयका अनुसार भूकम्पपछि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट निर्माण गरिएको अस्थायी टहरोमा शाह परिवार बस्दै आएका थिए।

दाङ पोस्ट परिवार मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.