तुलसीपुर प्रहरी चौकीमा मानवता: यो गर्मी को मौसममा पंखा जडान गरेर उदाहरण बने दाङका युवा केशवराज भुसाल

दाङ । समाजसेवा केवल भाषण र नारामा सीमित हुँदैन, मनबाट गरिएको सानो सहयोगले पनि ठूलो सन्देश दिन सक्छ। सोचेर जन्मदिन को अबसर मा यस्तै पंखा जडान गरेर उदाहरण प्रस्तुत गरेका छन् दाङका युवा समाजसेवी तथा दाङपोष्टका सञ्चालक केशवराज भुसालले।
केही दिनअघि एक प्रहरी चौकीमा पुगेका भुसालले सेवाग्राही तथा पीडित नागरिकहरू अत्यधिक गर्मीका कारण पसिना पुछ्दै बस्न बाध्य भएको दृश्य देखे। प्रहरी कर्मचारीहरू समेत सेवाग्राहीको विवरण दर्ता गर्ने क्रममा पसिना पुछ्दै काम गरिरहेको अवस्था देखेपछि उनको मन छोयो।
त्यसपछि उनले कसैको आग्रह वा सरकारी बजेटको प्रतीक्षा नगरी आफ्नै खर्चमा तिन वटा फ्यान खरिद गरी प्रहरी चौकीमा जडान गर्ने निर्णय गरे। अहिले फ्यान जडान भएसँगै सेवाग्राही, पीडित नागरिक तथा प्रहरी कर्मचारीहरूलाई राहत पुगेको छ।
भुसालले भने, “त्यहाँ पुगेपछि पीडित नागरिक र प्रहरी दुवैलाई गर्मीले निकै समस्या भएको देखेँ। त्यसैले मनले सकेको सानो सहयोगगरौँ भन्ने सोचेर फ्यान जडान गरेको हुँ।”
नेपालमा विभिन्न समयमा स्थानीय समुदाय, व्यवसायी तथा नागरिकहरूले प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरेका उदाहरणहरू पनि देखिएका छन्। समुदायको सहयोगले सार्वजनिक सेवामा सकारात्मक प्रभाव पार्ने गरेको उल्लेख गरिएको छ।
स्थानीयवासीहरूले भुसालको कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कामले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन्। राजनीतिक पद वा संगठनको जिम्मेवारीभन्दा माथि उठेर मानवताको भावनाले गरिएको सहयोगले नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।
– प्रायोजक: दाङपोष्ट सञ्चालक केशवराज भुसाल
– विशेष सहयोग: युवा समाजसेवी, तरुण दल दाङ ❤️🙏
