Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ असार १ गते सोमबार

बुम र क्यामेरा आतङ्क : पत्रकारिताको नाममा बढ्दो अराजकता

अहिले नेपाली सञ्चार क्षेत्र एउटा गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। हातमा क्यामेरा, मोबाइल र ‘बुम’ बोक्नेबित्तिकै आफूलाई पत्रकार घोषणा गर्ने र जस्तोसुकै व्यवहार गर्न पाउने आत्मकेन्द्रित मानसिकता समाजमा मौलाउँदै गएको छ। सामाजिक सञ्जालमा ‘लाइक’, ‘सेयर’ र ‘डलर’ कमाउने होडमा पत्रकारिताका न्यूनतम मूल्य–मान्यता, आचारसंहिता र व्यावसायिक मर्यादालाई बिर्सिने प्रवृत्ति डरलाग्दो रूपमा बढिरहेको छ।

विगतमा करिब १२ वर्ष सक्रिय पत्रकारिता गरेको, पत्रकारिता विषयमा अध्ययन तथा अध्यापन गरेको र हाल लोकसेवा उत्तीर्ण गरी सार्वजनिक प्रशासनमा कार्यरत एक व्यक्तिका रूपमा मैले पत्रकारिता र प्रशासन दुवै क्षेत्रको संवेदनशीलता, मर्यादा र व्यावसायिक पक्षलाई नजिकबाट बुझ्ने अवसर पाएको छु।

केही दिनअघि आफ्नै कार्यकक्षमा तथाकथित पत्रकारिताको नाममा भएको ‘बुम र क्यामेरा आतङ्क’ले मलाई यो विषयमा कलम चलाउन बाध्य बनायो। पत्रकारिताले समाजको ऐनाको रूपमा काम गर्नुपर्छ, शासन प्रणालीलाई खबरदारी गर्नुपर्छ र जनताको आवाज उठाउनुपर्छ। तर पत्रकारिताको आवरणमा व्यक्तिमाथि दबाब सिर्जना गर्ने, त्रास फैलाउने, पूर्वाग्रही व्यवहार गर्ने वा तथ्यहीन आरोप
उने कार्य कुनै हालतमा पत्रकारिता हुन सक्दैन।

पत्रकारिता र सार्वजनिक प्रशासन दुवैका आफ्नै नियम, विधि, आचारसंहिता र जिम्मेवारी छन्। यी सीमालाई सम्मान नगरी गरिने गतिविधिले न पत्रकारिताको गरिमा जोगाउँछ, न त लोकतान्त्रिक मूल्यलाई बलियो बनाउँछ।

आज प्रविधिको दुरुपयोग गर्दै ‘भ्यूज’ र ‘डलर’का लागि पत्रकारिताको नाममा फैलाइँदै गएको अराजकता चिन्ताको विषय बनेको छ। यस्ता गतिविधिले समाजमा भ्रम मात्र फैलाउँदैनन्, वर्षौंको मेहनतबाट स्थापित पत्रकारिताको विश्वसनीयतामाथि पनि गम्भीर प्रश्न उठाउँछन्।

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार हो, तर स्वतन्त्रता र स्वच्छन्दताबीचको भिन्नता बुझ्नु आवश्यक छ। पत्रकारिताको विश्वसनीयता, मर्यादा र व्यावसायिकता जोगाउनु आज सम्पूर्ण सञ्चार क्षेत्रको साझा जिम्मेवारी हो।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.