सरकारी कार्यालयमा अनुशासन कति छ ? भिडियोले धेरै प्रश्न उठाइरहेको छ…”

दाङ, जेष्ठ ९
तुलसीपुर उपमहानगर पालिका कार्यरत ललीता बुढाथोकी महीला कर्मचारीले कार्यालय समय तथा कार्यालय परिसर भित्र सामाजिक सञ्जाल (TikTok) प्रयोग गरेको विषय सामाजिक सञ्जालमा चर्चामा आएको छ।
सार्वजनिक भएका केही भिडियोहरूमा कार्यालय भित्रै सामाजिक सञ्जाल प्रयोग गरिएको देखिएको दाबी गरिएपछि यसले कार्यालय अनुशासन र आचारसंहिताबारे प्रश्न उठाएको छ।
त्यसैगरी, ती कर्मचारीको व्यक्तिगत जीवनसँग सम्बन्धित केही भिडियोहरू पनि सामाजिक सञ्जालमा देखिएको भन्दै थप चर्चा भइरहेको छ।
यस विषयमा सम्बन्धित निकायबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। स्थानीयवासीले भने यस विषयमा आवश्यक छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्।
हाल घटनाको आधिकारिक पुष्टि भने बाँकी रहेको छ।”
“

