नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिद्वारा तरुण तथा युवा परिचालनसम्बन्धी छलफल कार्यक्रम आज तुलसीपुरमा भव्य रूपमा सम्पन्न भएको छ। आगामी निर्वाचनलाई मध्यनजर गर्दै युवाहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम नगर तरुण दलका नगर अध्यक्ष सुरेन्द्रशिङ राठौर को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा टीका घति , नेपाल तरुण दल दाङ जिल्लाका अध्यक्ष, कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि टीका घर्ती लोकतन्त्रको संरक्षण, पार्टी संगठन सुदृढीकरण तथा निर्वाचनमा विजय सुनिश्चित गर्न युवाहरूको भूमिका निर्णायक हुने बताउनुभयो। उहाँले भन्नुभयो, “तरुण तथा युवा शक्ति नै परिवर्तनको मुख्य आधार हो। त्यसैले आगामी चुनावलाई लक्षित गरी योजनाबद्ध रूपमा युवाहरूलाई परिचालन गर्न आवश्यक छ।”
अध्यक्ष सुरेन्द्रशिङ राठौर ले तरुण दललाई थप सक्रिय, अनुशासित र जनमुखी बनाउँदै घरदैलो अभियान, सामाजिक अभियान तथा संगठन विस्तारमा केन्द्रित गरिने बताउनुभयो। उहाँले तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सम्पूर्ण वडामा तरुण तथा युवाहरूलाई एकताबद्ध गर्दै जिम्मेवारी तोकिने जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले युवाहरूलाई राजनीतिक रूपमा सचेत बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न तरुण दलको भूमिका अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए। छलफलका क्रममा संगठन सुदृढीकरण, युवा परिचालन रणनीति, निर्वाचन तयारी तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिताबारे विभिन्न सुझावहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नगर कार्यसमितिका पदाधिकारी, वडा तहका प्रतिनिधि, तरुण तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रम सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्।कार्यक्रममा जिल्ला तरुणदलका महादिवेशन प्रतिनिधी हरुको पनी उपस्थिती थियो कार्यक्रमको सहजीकरण तरुणदल नगर उपाध्याक्ष केशवराज भुसाल ले गरेका थिए
तरुण तथा युवा परिचालनसम्बन्धी छलफल कार्यक्रम आज तुलसीपुरमा भव्य रूपमा सम्पन्न
