Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १५ गते बिहीबार

दाङ क्षेत्र नं. २ मा काँग्रेसको एक हजार एक सदस्य निर्वाचन परिचालन समिति गठन

घोराही, माघ १५ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले फागुन २१ गतेको निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा माहोल निर्माण गर्न निर्वाचन परिचालन मूल समिति एवं उपसमितिहरु गठन गरेको छ ।

त्यो समिति एक हजार एक सदस्सीय छ ।
दाङको क्षेत्र नं. २ मा काँग्रेसले किरण किशोर घिमिरेलाई उम्मदेवार बनाएको छ ।

घोराहीमा भएको भेलाले क्षेत्रीय सभापति भिमप्रकाश खडकाको संयोजकत्वमा एक हजार एक सय सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको हो । जस्को सह–संयोजकमा प्रदेश सभा क्षेत्रीय सभापतिहरु प्रकाश श्रेष्ठ र अभियान बस्नेत छन् ।

त्यस्तै सदस्यहरुमा क्षेत्र नं. २ का जिल्ला सदस्यहरु, पूर्व जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, पूर्व महाधिवेशन प्रतिनिधिहरु, प्रतिनिधी सभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रिय पूर्व पदाधिकारीहरु, सदस्यहरु, प्रदेश क र खका पदाधिकारी र सदस्यहरु, प्रदेश पूर्व पदाधिकारी र सदस्यहरु, नगर/पालिका पदाधिकारी र सदस्यहरु, नगर/पालिका पूर्व पदाधिकारी र सदस्यहरु, सम्पूर्ण भातृ तथा शुभेच्छुक संघसंगठनका पदाधिकारी, पूर्व पदाधिकारी एवं सम्पूर्ण सदस्यहरु, २७ वटै वडा पदाधिकारी र सदस्यहरु रहेका छन ।

भेलाले डा. सुदीप गौतमको संयोजकत्वमा प्रतिवद्धता पत्र (घोषणा पत्र) तयारी उपसमिति, भुपबहादुर डाँगी संयोजक रहेको आर्थिक परिचालन उपसमिति, गोमा रावत संयोजक रहेको महिला परिचालन उपसमिति, तिलक रावत संयोक रहेको युवा परिचालन उपसमिति, आरके सितल संयोजक रहेको निर्वाचन सामाग्री तयारी उपसमिति, पार्वती बस्नेत संयोजक रहेको मिडिया परिचालन उपसमिति गठन गरेको छ ।

त्यस्तै भेलाले खड्गबहादुर बुढाथोकी संयोजक रहेको उद्यमी/व्यापारी परिचालन उपसमिति, सरदकुमार घिमिरे संयोजक रहेको निजामति कर्मचारी समन्वय उपसमिति, बमबहादुर डिसी संयोजक रहेको सुचना संकलन उपसमिति, प्रेम शर्मा संयोजक रहेको सांस्कृतिक परिचालन उपसमिति गठन गरेको छ ।

त्यस्तै भेलाले भरतराज देवकोटा संयोजक रहेको संघ, संस्था तथा सहकारी परिचालन उपसमिति, गणेश चौधरी संयोजक रहेको थारु समुदाय परिचालन उपसमिति, तेजबहादुर बिक संयोजक रहेको दलित समुदाय परिचालन उपसमिति सावित्रा राना संयोजक रहेको आदिवासी जनजाति समुदाय परिचालन उपसमिति, चतुरमान डाँगी संयोजक रहेको निवृत शिक्षक/कर्मचारी परिचालन उपसमिति, रोबरबहादुर बस्नेत संयोजक रहेको पूर्व प्रहरी समन्वय/परिचालन उपसमिति गठन गरेको छ ।

त्यस्तै भेलाले सुर्य बहादुर बस्नेत संयोजक रहेको शिक्षक समन्वय उपसमिति, दिनेश भट्टराई संयोजक रहेको प्राध्यापक समन्वय उपसमिति, प्रेम शाह संयोजक रहेको धार्मीक तथा सामाजिक संघसंस्था समन्वय/परिचालन उपसमिति, बदरुदीन राईन संयोजक रहेको मुस्लीम धर्मालम्बी समन्वय/परिचालन उपसमिति, बलदेव मल्ल संयोजक रहेको विद्यालय व्यवस्थापन समिति समन्वय/परिचालन उपसमिति गठन गरेको छ ।

घोराहीको भेलाले मुक्तिराम भुषाल संयोजक रहेको टोल विकास समन्वय/परिचालन उपसमिति, डा.वेदबहादुर केसी संयोजक रहेको किसान संघ निर्वाचन परिचालन उपसमिति, मानबहादुर राना संयोजक रहेको मजदुर/श्रमिक परिचालन उपसमिति, हरि सुवेदी संयोजक रहेको प्रजातान्त्रिक सेनानी समन्वय उपसमिति गठन गरेको छ ।

क्षेत्रिय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा भएको भेलाले विरकेशरी गौतम संयोजक रहेको अनुगमन तथा मुल्यांकन समिति गठन गरेको छ । जसको सदस्यहरु घनश्याम रेग्मी, मोहनलाल वली, अनिता देवकोटा, भोजराज पाण्डेय छन् ।

त्यस्तै राजु खनाल, खगराज पाण्डे, प्रचण्डविक्रम न्यौपाने, पुष्पा श्रेष्ठ, जानका केसी, कमानसिंहं भारती, गिरिराज सुवेदी, बालिका लम्साल, गौरव आचार्य, भरतबहादुर न्यौपाने, नदनकुमार शर्मा, श्याम रेग्मी, धुर्वकुमार ज्ञवाली, क्षेत्र नं. २ का सम्पूर्ण महासमिति सदस्यहरु, कांग्रेस दाङका पूर्व सभापतिहरुलाई समितिमा राखिएको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.