Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

२ अर्ब बक्यौता असुलीका लागि कुमारीचोकको ताकेता ५२ व्यक्ति र संस्थाविरुद्ध ३५ दिने सूचना

कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले ५२ व्यक्ति तथा संस्थाबाट सरकारी रकम असुलउपर गर्न ३५ दिने सूचना सार्वजनिक गरेको छ । कुमारीचोकले २ अर्ब ६ करोड २९ लाख ४९ हजार ५२३ रुपैयाँ सरकारी रकम चुक्ता गर्न अटेर गर्ने निर्माण व्यवसायी, क्यासिनो, कृषि फार्म र सरकारी अधिकारीहरूको तीनपुस्तेसहितको विवरण सार्वजनिक गरेको हो ।

कुमारीचोकले निकालेको सूचनामा सबैभन्दा धेरै भारतीय कम्पनी राकेश बाधवा नेपाल रिक्रिएसन सेन्टर प्रालिको नाममा १ अर्ब ५ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम उल्लेख छ । पटक–पटक पत्राचार गरेर रकम तिर्न ताकेता गर्दा पनि अटेरी गरेपछि ३५ दिने सूचना जारी गर्नुपरेको कुमारीचोकका लेखा अधिकृत एवं सूचना अधिकारी उद्धव लामिछानेले जानकारी दिए ।

खानी तथा भूगर्भ विभाग, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण आयोजना हुम्ला, कृषि अनुसन्धान प्रतिष्ठान नार्कलगायतका सरकारी अड्डाका कर्मचारीले पनि सरकारलाई रकम नतिरेको पाइएको छ । त्यस्तै लोकप्रिय निर्माण सेवा, धर्मेन्द्र निर्माण सेवा, केआर कन्स्ट्रक्सन, सिरुवा कन्स्ट्रक्सन, एमएम कन्स्ट्रक्सनलगायतले पनि ठेक्का रद्दपछिको ठुलो रकम तिरेका छैनन् ।

१० वर्षसम्म पनि सरकारी रकम नतिरेमा दोब्बर हुने अधिकृत लामिछानेले बताए । ‘अबको ३५ दिनभित्र पनि रकम भुक्तानी नगरे लिलामी प्रक्रिया अघि बढ्नेछ,’ उनले भने, ‘उनीहरूको नगद, जायजेथा, घरजग्गा लगायतबाट असुल उपरका लागि प्रक्रिया अघि बढाइनेछ ।’

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय मुख्य रुपमा नेपाल सरकारका विभिन्न निकायहरूले असुल उपरका लागि लेखी पठाएको सरकारी बाँकी रकम सम्बन्धित व्यक्ति, फर्म र संस्थाबाट असुल फर्छ्याैट गर्ने कामका लागि स्थापित केन्द्रीय निकाय हो । यसले महालेखा नियन्त्रक कार्यालय मातहत रहेर कार्य सम्पादन गर्दै आइरहेको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.