Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

लुम्बिनी प्रदेशका १२ जिल्लामा झन्डै छ सयको उमेदवारी दर्ता, महिला उमेदवारीको संख्या ५६ जना

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी लुम्बिनी प्रदेशभरबाट झन्डै छ सय जनाको उमेदवारी दर्ता भएको छ । प्रदेशका १२ जिल्लाका निर्वाचन क्षेत्रबाट विभिन्न राजनितिक दल र स्वतन्त्र गरी ५९९ जनाले मंगलवार उमेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । जसमा २०५ जनाको स्वतन्त्रबाट उमेदवारी दर्ता भएको छ ।

कार्यालयका अनुसार सवैभन्दा धेरै रुपन्देहीमा मनोनयन दर्ता गराएका छन् भने सवैभन्दा कम रोल्पा र पुर्वी रुकुममा रहेका छन् ।रुपन्देहीमा विभिन्न राजनितिक दल र स्वतन्त्र गरी १५७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा विभिन्न राजनितिक दलबाट ९४ जना र स्वतन्त्रबाट ६३ जनाले मनोनयन दर्ता गराएको कार्यालयले जानकारी दिएको छ । यस्तैगरी कपिलबस्तुमा ९८ जना मध्ये ४९ जना स्वतन्त्र उमेदवार रहेका छन् ।

यस्तै गुल्मीमा ४३ जना, पाल्पामा ३०, अर्घाखाँचीमा १५ जना, पुर्वी रुकुम र रोल्पामा १२÷१२ जना,प्युठानमा १४ जना, दाङमा ६३ जना, बाँकेमा ५० जना, बर्दियामा ४० जना र (पश्चिम सुस्ता बर्दघाट)नवलपरासीमा ५६ जनाको उमेदवारी परेको छ । प्रदेशका सवै जिल्लामा उमेदवारी दर्ता भएको तथ्याङक अनुसार महिलाबाट ५६ जना उमेदवार रहेका छन् । जसमा दाङ, गुल्मी, बाँके, बर्दिया र (पश्चिम सुस्ता बर्दघाट)नवलपरासीमा ५÷५ जना महिलाले उमेदवारी दर्ता गराएका छन् । यस्तैगरी पाल्पामा २, अर्घाखाँचीमा १, रुपन्देहीमा २१, कपिलबस्तुमा ४, पुर्वी रुकुममा २ र प्युठानमा १ जना महिलाले मनोनयन दर्ता गराएको कार्यालयको तथ्याङकमा उल्लेख छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.