Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ६ गते आईतवार

उद्योग-व्यवसाय क्षेत्रबाट प्रत्यक्षतर्फ चुनावी मैदानमा को-को ?

  • आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उद्योगी र व्यवसायीले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन्।
  • नेपाली कांग्रेसका तर्फबाट विनोद चौधरी नवलपरासी-१ बाट मनोनयन दर्ता गराएका छन् र उनले राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको बताए।
  • नेकपा एमाले, रास्वपा, कांग्रेस लगायतका दलले विभिन्न क्षेत्रमा व्यवसायीलाई टिकट दिएर प्रतिनिधित्व सुनिश्चित गरेका छन्।

६ माघ, काठमाडौं । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । यस क्रममा उद्योग-व्यवसायसँग सम्बन्धित क्षेत्रको समेत उत्साहजनक प्रतिनिधित्व रहेको छ ।

राजनीतिक दलहरूले आफ्ना उम्मेदवारका रूपमा उद्योगी र व्यवसायीलाई टिकट दिएका छन् । नेपालका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेसका तर्फबाट नवलपरासी-१ बाट मनोनयन दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा समेत उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनले मनोनयन दर्ता गर्दै आफू राजनीतिक परिवर्तन र आर्थिक रूपान्तरणको पक्षमा रहेको बताएका छन् । सोही भेगबाट निर्वाचित भएको तीन वर्षमा समृद्ध नवलपरासीका लागि फाउन्डेसन तयार भएको भन्दै उनले यो अभियानलाई पूर्णता दिन उम्मेदवारी दिएको बताएका छन् ।

कांग्रेसले रसुवामा टिकट दिएका मोहन आचार्य समेत व्यवसाय क्षेत्रबाट प्रतिनिधित्व गर्छन् । उनी निर्माण व्यवसायमा आबद्ध छन् । आचार्य गत निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
कांग्रेसले धादिङ-२ मा उम्मेदवार बनाएका रमेशप्रसाद धमला समेत पेसाले व्यवसायी हुन् । उनी पर्यटन व्यवसायमा आबद्ध छन् ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष उनी पहिलो पटक संसदीय निर्वाचनमा होमिएका हुन् ।
कांग्रेसको मोरङ-३ का उम्मेदवार सुनिल शर्मा स्वास्थ्य व्यवसायी हुन् । उनको मेडिकल व्यवसाय छ । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका उनी सञ्चालक हुन् ।

कांग्रेसका स्याङ्जा क्षेत्र नम्बर १ का उम्मेदवार भरतराज ढकाल मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष तथा पूर्वप्रमसख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक समेत हुन् । सोही क्षेत्रका एमालेका उम्मेदवार मीनप्रसाद गुरुङ समेत मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष हुन् ।

सोही क्षेत्रका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गरेका धनञ्जय रेग्मीसमेत व्यवसाय क्षेत्रबाटै प्रतिनिधित्व गर्छन् । उनी नेपाल पर्यटन बोर्डका पूर्वसीइओ हुन् । सोही पार्टीबाट काठमाडौं-९ मा उम्मेदवारी दर्ता गरेका डीपी अर्यालको पृष्ठभूमि पनि व्यवसाय हो । उनी म्यानपावर तथा पर्यटन व्यवसायमा लामो समयदेखि सक्रिय छन् ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.