Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १७ गते शनिबार

आफूनिकट पदाधिकारी र कानुन व्यवसायीसँग छलफल गर्दै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट पदाधिकारी र कानुन व्यवसायीहरूसँग छलफल गर्दैछन्।

३ बजेपछि बस्नेगरी सभापति देउवाले छलफलमा बोलाएको एक पदाधिकारीले जानकारी दिए।

छलफल महाराजगन्जस्थित देउवा निवासमा केही बेरमै सुरू हुने उनले बताए।

छलफलमा देउवाले आफूनिकट केही केन्द्रीय सदस्य  र कानुन व्यवसायीलाई पनि बोलाएका छन्।

भृकुटीमण्डपमा विशेष महाधिवेशको बन्द सत्रमा देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने प्रस्ताव पेस भएको छ।

सभापति देउवाले विशेष महाधिवेशन भइरहेको र पार्टीभित्र सिर्जना हुनसक्ने अवस्थाबारे छलफल गर्न लागेका हुन्।

बिहान नेता शेखर कोइरालाले पनि आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगै कानुन व्यवसायीलाई पनि राखेर छलफल गरेका थिए।

विशेष महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ अगाडि बढिरहँदा संस्थापनका नेताहरू छलफलमा जुटेका हुन्।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.