Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ७ गते सोमबार

शेखर कोइरालालाई सँगै राखेर पत्रकार सम्मेलन गर्दै कांग्रेस कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन हुनेछ।

उक्त कार्यक्रममा कार्यवाहक सभापति खड्काले नेता शेखर कोइरालालगायत नेताहरूलाई सँगै राखेर पत्रकार सम्मेलन गर्न लागेको नेताहरूको भनाइ छ।

‘कार्यवाहक सभापति एवं पार्टीका केन्द्रीय नेताहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको हो,’ मुख्यसचिव पौडेलले भने।

पत्रकार सम्मेलनमा नेता शेखर कोइरालालाई पनि बोलाइएको छ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पत्रकार सम्मेलनका लागि खबर आएको जानकारी दिए।

‘कार्यवाहक सभापतिज्यूले पत्रकार सम्मेलनका लागि खबर गर्नुभएको छ, शेखर दाइ जाने/नजाने यकिन भइसकेको छैन,’ थपलियाले सेतोपाटीसँग भने।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजोको बैठकले हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको थियो। जसमा महामन्त्री गगन थापाले बैठकमै असहमति राखेका थिए।

बैठकपछि पत्रकारहरूसँग कुराकानीमा नेता कोइरालाले भने आफू यस विषयमा पुस २८ गतेपछि मात्रै बोल्ने बताएका थिए।

हिजो कार्यसम्पादन समिति बैठक हुनुअघि सभापति शेरबहादुर देउवा निवासमा संस्थापन पक्षका पदाधिकारीहरूबीच छलफल भएको थियो।

उक्त छलफलमा संस्थापनइतर नेता शेखर कोइराला र उनीनिकट उपसभापति धनराज गुरूङ र सहमहामन्त्रीहरू बद्रीप्रसाद पाण्डे र  जीवन परियार पनि उपस्थित थिए।

कोइरालाले सभापति देउवालाई पार्टी एकताबद्ध राख्न लचक हुन र विशेष महाधिवेशनलाई संकल्प भेलामा रूपान्तरण गर्न आग्रह गरेका थिए।

विशेष महाधिवेशन पुस २७ र २८ गते भृकुटीमण्डपमा हुनेछ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.