Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ श्रावण १३ गते बुधबार

गायिका त्रिशला गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिइन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अप्रत्याशित झट्का दिँदै गायिका त्रिशला गुरुङले समानुपातिक सांसद उम्मेदवारको सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। पार्टीले देखाएको भरोसा र समर्थन हुँदाहुँदै पनि उनले राजनीति भन्दा बाहिर रहेर काम गर्ने निर्णय गरेसँगै रास्वपाको समानुपातिक योजनामा प्रश्न उठेको छ।

शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै गुरुङले गहन आत्ममूल्यांकनपछि उम्मेदवारी त्याग्ने निर्णय गरेको स्पष्ट पारेकी छन्। कला र स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धताका कारण राजनीतिक भूमिकामा जानु उपयुक्त नठानेको उनको भनाइ छ।

‘मेरो पेसागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा सेवा गर्ने तथा नागरिक समाजमा स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने दृढ संकल्पकै कारण मैले उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको हुँ,’ उनले फेसबुकमा लेखेकी छन्।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.