दाङ । प्रहरीले तुलसीपुरबाट ६० लाख रूपैयाँ बरामद गरेको छ ।

तुलसीपुर ६ गोलौराका दुर्गा केसीको घरबाट स्रोत नखुलेको ६० लाख रूपैयाँ बरामद गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घर धनी केसीलाई नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार उनले उक्त रकम काठमाडौंको एक संस्थाबाट ल्याएको प्रारम्भिक बयान दिएका छन् । उक्त रकम चोरी गरेर ल्याइएको हुनसक्ने प्रहरीको अनुमान छ ।
