Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

रास्वपाको समानुपातिक सूचीमा चर्चित अनुहारः कलाकारदेखि क्रिकेटरसम्म (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा ११० जना समानुपातिक उम्मेदवारको सूची बुझाएको छ।

दिनभरि ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि एक ठाउँमा ल्याउनका लागि लामो छलफलपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको हो।

रास्वपाले बुझाएको बन्द सूचीमा केही चर्चित अनुहार पनि रहेका छन्।

पूर्व मिस नेपाल अनुष्का समानुपातिक सूचीमा परेकी छन्।

उनी २०१९ को मिस नेपाल विजेता हुन्। उनी आदिवासी महिला क्लस्टरको चौथो नम्बरमा छिन्।

चर्चित लोक दोहोरी गायक प्रकाश सपुत समानुपातिक सूचीमा छन्। उनी सूचीको ७४ औं नम्बरमा छन्।

दलित क्लस्टरबाट उनी दोस्रो नम्बरमा छन्। क्लस्टरको पहिलो नम्बरमा रूपक विश्वकर्मा घिमिरे छन्।

Laxmi bank

त्यस्तै अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनी दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा परेकी छन्।

फिल्म निर्माता, टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो नम्बरमा छन्।

Ncell

गायिका सत्यकला राई र त्रिसाला गुरूङ पनि सूचीमा छिन्।

त्यस्तै क्रिकेटर ज्ञानेन्द्र मल्ल  आदिवासी जनजाति क्लस्टरको पाँचौं नम्बरमा छन्।

उनीभन्दा अगाडि डा. राम लामा, खुश्वुसरकार श्रेष्ठ मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान छन्।

गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा खस आर्य महिलाबाट दोस्रो नम्बरमा छिन्। पहिलो नम्बरमा प्रतिभा रावल समेटिएकी छन्।

जेनजी अभियानी पुरूषोत्तम यादव सूचीमा छन्।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी, अधिकारकर्मी, उर्मिला चौधरी, डा. रामजी राम समानुपातिक सूचीमा छन्।

सूचीः

 

 

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.