Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

लुम्बिनी प्रदेश साक्षर घोषणा

दाङ, १४ पुष ।  लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशका १२ वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसकेपछि आज लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको अध्यक्षता र मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता भएको विशेष समारोहका बीच प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि सिङ्गो प्रदेशलाई साक्षर घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पाँच हजार ७ सय २२ सामुदायिक बालविकास केन्द्र, चार हजार चार सय ३९ सामुदायिक विद्यालय, तीन वटा विश्वविद्यालय, एक सय ८७ क्याम्पस र तीन सय २९ सामुदायिक सिकाइ केन्द्र रहेका छन् । प्रदेशभर विद्यालय तहमा १२ लाख ४६ हजार २ सय ७२ विद्यार्थी अध्ययनरत छन् । साक्षर प्रदेश घोषणा समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रूपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभएको छ । मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रूपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बताउनुभयो ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.