Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

तुलसीपुर–१४ मा कांग्रेसबाट सामूहिक बहिर्गमन, १३५ जना स्वतन्त्र बस्ने घोषणा

दाङ
१३ पुस/ तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्षसहित १ सय ३५ जनाले कांग्रेस पार्टी परित्याग गरी स्वतन्त्र नागरिकको रूपमा बस्ने घोषणा गरेका छन्।

पार्टी छाड्नेहरूको अगुवाइ गरेका कांग्रेस क्षेत्रीय प्रतिनिधि तथा निवर्तमान वडा अध्यक्ष परशु नारायण चौधरीले हाल कुनै पनि राजनीतिक दलमा आवद्ध हुने योजना नरहेको स्पष्ट पारे। उनले भने, “अब कुनै पार्टीमा जाने सोच छैन, स्वतन्त्र नागरिक भएर आनन्दले बस्छु।”

लामो समयदेखि कांग्रेसको संगठन निर्माण र स्थानीय राजनीतिमा सक्रिय रहेका उनीसहितका नेताहरूले पार्टीभित्र आन्तरिक असन्तुष्टि र अपेक्षित सम्मान नपाएको कारण पार्टी परित्याग गरेको बुझिएको छ।

कांग्रेस छाड्नेहरूमा क्षेत्रीय प्रतिनिधि, वडा कमिटीका पदाधिकारी तथा क्रियाशील सदस्यहरू रहेका छन्। यस घटनाले तुलसीपुर–१४ को स्थानीय राजनीतिक समीकरणमा उल्लेख्य प्रभाव पार्ने अनुमान गरिएको छ।
कांग्रेस छाड्नेहरूको नामावली:
– परशु नारायण चौधरी – कांग्रेस क्षेत्रीय प्रतिनिधि तथा निवर्तमान वडा अध्यक्ष, तुलसीपुर–१४
– रवि खड्का
– खुसल राम खड्का – कांग्रेस क्षेत्रीय प्रतिनिधि तथा साविक डुरुवा गा.वि.स. पूर्व सभापति
– दुर्गा बहादुर खड्का – क्षेत्रीय प्रतिनिधि तथा वडा कमिटी उपसभापति
– दिल बहादुर चौधरी – वडा इकाइ कमिटी सचिव, तुलसीपुर–१४
– पूर्ण बहादुर चौधरी – क्षेत्रीय प्रतिनिधि तथा निवर्तमान वडा सदस्य
– कविराम चौधरी – क्षेत्रीय प्रतिनिधि
– तीर्थराज के.सी. – क्षेत्रीय प्रतिनिधि
– पोषण बस्नेत – क्षेत्रीय प्रतिनिधि
– मान बहादुर खत्री – क्षेत्रीय प्रतिनिधि
– टोपेन्द्र नेपाली – क्षेत्रीय प्रतिनिधि
– निमा डाँगी – क्षेत्रीय प्रतिनिधि
– तोया राम चौधरी – क्रियाशील सदस्य
– बुटिया चौधरी – क्रियाशील सदस्य
– कृतनी चौधरी – क्रियाशील सदस्य
– गणेश चौधरी – क्रियाशील सदस्य
– कामु चौधरी – क्रियाशील सदस्य
– भौनी चौधरी – क्रियाशील सदस्य
पार्टी छाड्नेहरूको संख्या १ सय ३५ पुगेको बताइए पनि सबैको नाम विवरण सार्वजनिक भइसकेको छैन। घटनाबारे नेपाली कांग्रेसले औपचारिक प्रतिक्रिया भने दिइसकेको छैन।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.