Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

तुलसीपुरमा रहेको अमृतपुर खानेपानीको अध्यक्षमा दसरथ ओली निर्वाचित

११ पुष । दाङको तुलसीपुरमा रहेको अमृतपुर खानेपानीको अध्यक्षमा दसरथ ओली निर्वाचित हुनुभएको छ । ओलीले १६८१ मत प्राप्त गरी विजयी हुदा उहाँका निकटतम प्रतिष्प्रर्धी जित बहादुर खड्काले १ हजार १२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा मेघराज पाण्डे १२ सय २७ मत प्राप्त गरी विजयी हुदा उहाँका प्रतिष्पर्धी पमलाल भट्राईले ११८७ मत प्राप्त गर्नुभएको छ । सचिवमा मुक्तिप्रसाद भट्राई ११९४ मत प्राप्त गरी विजयी हुदा उहाँका प्रतिष्पर्धी मदन हमालले ११५३ मत प्राप्त गर्नुभएको छ । सह–सचिवमा रत्ना केसी १२५५ निर्वाचित हुदा उहाँका प्रतिष्पर्धी ८९९ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी कोषाध्यक्ष पदमा लाल बहादुर ओली १३१२ मत प्राप्त निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी हिरा बिकले १०२५ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यतर्फ मिनुका पन्थीले १०१४, लक्ष्मी केसी १०५३ मत प्राप्त गरी चयन भएका छन् । अन्य सदस्यहरूमा इन्द्रजित चौधरी १२९४ मत र कृष्ण बहादुर विक १३२८ मत प्राप्त गरि निर्वाचित भएका छन् । तुलसीपुर उपमहानगरपालिका–३, ८ र ९ मा पर्ने अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ कार्यसमिति चयनका लागी हिजो मतदान सम्पन्न भएको थियो । गएरातीबाट सुरु भएको मतगणनाको काम केहीबेर अघि सकिएको निर्वाचन समितिले जनाएको छ । नव निर्वाचित कार्यसमितिलाई संस्थाको खानेपानी तथा सरसफाइ सेवाको व्यवस्थापनलाई अझ प्रभावकारी, पारदर्शी र उपभोक्तामैत्री बनाउने जिम्मेवारी रहने स्थानीयवासीले अपेक्षा गरेका छन् ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.