Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औ साधारणसभा हेमराज शर्मा,दाङ, पुस ५ । दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औ साधारणसभा तथा नवौ अधिवेशन आज शनिबार घोराहीमा शुरु भएको छ । भरतपुर खानेपानी उपभोक्ता

हेमराज शर्मा,दाङ, पुस ५ । दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २३ औ साधारणसभा तथा नवौ अधिवेशन आज शनिबार घोराहीमा शुरु भएको छ ।

भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष शंकर गौतमको सभापतित्व एवं खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले उपभोक्ता मैत्री कार्यक्रम गरेर उपभोक्तालाई शुद्ध पिउने पानी खुवाउने ब्यवस्था मिलाइएको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्न आग्रह गरे ।

साधारणसभामा घोराही उपमहानगरपालिका वडा न १७ का प्रतिनिधि भद्रबिर चौधरी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यवाहक अध्यक्ष भरतमणी पाण्डे, चौघेरा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भेषराज आचार्य, उपभोक्ता रेवतिरमण भट्टराई लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका उपाध्यक्ष जंगबहादुर जिसीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभा सस्थाका सचीव एकेन्द्रबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डोमाकान्त अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम बोल्दै संस्थाका अध्यक्ष गौतमले समय अनुकुल सस्थालाई प्रबिधि मैत्री कार्यक्रम लागू गरि सेवा प्रक्रिया थालिएको जानकारी दिए ।

उहाका अनुसार पानी टैकिमा पानीको मात्रा र मोटर संचालकन प्रक्रिया मोवाईल एप वाटै संचालन तथा अवलोकन गर्ने व्यवस्था मिलाएको छ । संस्थाको आफ्‌नै मोवाईल एप (Bharatpur water supply) रहेको छ त्यस एपमा तपाईले धारा जडान गर्ने देखि हाल सम्मको वितिय विवरण उपलब्ध गराउने, मिटर रिडिङ भएको तर विल हराएमा रिडिङ् गरेकै दिन उक्त विल सो एपमा उपलब्ध हुने,यस संस्थाको पुरानो पाईप लाईन कति साईज, कस्तो अवस्थामा छन सौको विवरण नभएको पाईप फुटन गएमा पाईप लाईन खनेर नै हेनुपर्ने अवस्थाको अन्त्य गरिएको, कसैको घर अगाडी पाईप फुटेमा सो जानकारी भएमा कुन ठाँउमा पाईप फुटेको हो सोको लोकेशन (ठाँउको वास्तवविक स्थान) थाहा पाउन तथा पुराना भौतिक संरचना र नयाँ पाईपलाईन तथा भौतिक संरचनालाई एककृित गरी एकै ठाँउमा मिलाई त्यसको विवरण डिजिटल गर्ने उदेश्यले गत भदौ महिनावाट जि.आई.एस प्रणाली शुरु गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

अध्यक्ष गौतमले अहिले उपभोक्ताको धारामा दैनिक कम्तीमा १० घण्टा पिउने पानी उपलब्ध गराइराखिएको जानकारी साधारणसभामा गराएका थिए ।

कार्यक्रमको सहजीकरण सस्थाका सचीव एकेन्द्रबहादुर रानाले गरेका थिए ।
अधिबेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पौष ७ गते सोमबार उमेदवारको मनोनयन दर्ता र पौष १२ गते शनिबार मतदानको कार्यक्रम तय गरिएको कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत निर्मल गौतमले जानकारी दिए ।

भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा हाल १ हजार ४ सय ८६ जना उपभोक्ता रहेका छन ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.