Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

सभापति पक्ष र विशेष महाधिवेशन पक्ष आ-आफ्नो तयारीमा

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको कार्यतालिका पुसको कति गतेदेखि कति गतेसम्म ल्याउने भन्नेबारे समझदारी जुटाउन शीर्ष नेताहरू छलफलमा जुट्दैछन्।

आज सानेपामा दिउँसो २ बजे केन्द्रीय समिति बैठक बस्दैछ, उक्त बैठकअघि नेताहरूबीच छलफल गरेर १५ औं महाधिवेशनको मिति प्रस्ताव तयार पार्ने तयारी रहेको एक नेताले जानकारी दिए।

आइतबार सभापति देउवा निवासमा सभापति, कार्यवाहक सभापति, महामन्त्री शर्मा, केन्द्रीय सदस्य लेखक लगायत नेताहरूबीच भएको छलफलमा ढिलोमा पनि पुस २५, २६ वा २७ गतेदेखि सुरू हुने गरी महाधिवेशनको कार्यतालिका ल्याउन केन्द्रीय समितिमा प्रस्ताव गर्ने कुराकानी भएको थियो।

`पुस १० गते आसपास वडा अधिवेशन गरेर पुसको अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने गरी प्रस्ताव ल्याउनेबारे छलफल भएको हो,’ छलफलमा सहभागी एक नेताले सेतोपाटीसँग भने, ‘सभापति देउवासँग भएको छलफलका आधारमा कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने हो। ठ्याक्कै कति गतेदेखि महाधिवेशन सुरू गर्ने भन्ने टुंगो चाहिँ आज केन्द्रीय समिति बैठक बस्नुअघि सानेपामै बस्ने शीर्ष नेताहरूको छलफलबाट लाग्छ। कार्यवाहक सभापतिको चाहना भने पुस २८ गते महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका ल्याउने रहेछ।’

पुसभित्रै महाधिवेशन गर्न सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, नेता बालकृष्ण खाँण र रमेश लेखक लगायत तयार भए पनि कहिलेदेखि महाधिवेशन सुरू गर्ने भन्ने निश्चित भइसकेको छैन। त्यसैले केन्द्रीय समिति बैठकअघि सानेपामै हुने शीर्ष नेताहरूको छलफलले महाधिवेशनको मिति तय गर्नेछ।

छोटो समयको तयारीमा महाधिवेशन गर्नुपर्ने भएकाले एक-एक दिनको महत्व रहेको ती नेताले जानकारी दिए।

पुसभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन लागेपछि सभापति देउवानिकट पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले खुलेरै विरोध गरेका छन्। निधि र सिटौला अहिले महाधिवेशनमा भन्दा पनि आम चुनावमा होमिनुपर्नेमा छन्। चुनावअघि महाधिवेशन गर्दा त्यसले आमचुनावलाई असर पार्ने उनीहरूको दाबी छ। त्यसकारण चुनाव सकेर वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने उनीहरूले बताउँदै आएका छन्।

Laxmi bank

तर सभापति देउवा नै पुसभित्रै महाधिवेशन गर्न सहमत भएको अवस्था छ।

सभापति देउवानिकट केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन पक्षधरले राख्दै आएको प्रस्ताव फिर्ता लिनुपर्ने अडान पनि राखिरहेका छन्।

Ncell

कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते हस्ताक्षर बुझाउँदै विशेष महाधिवेशन माग गरेका थिए।

विधानअनुसार माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ।

विशेष महाधिवेशन पुस २८ गतेभित्रै आयोजना गर्नुपर्ने भएकाले त्यही अवधिभित्र नियमित महाधिवेशन गरी विशेष महाधिवेशनको प्रस्तावलाई पनि समेट्न खोजिएको नेताहरूले बताएका छन्।

त्यसैले विशेष महाधिवेशन पक्षको प्रस्ताव फिर्ता नलिइ नियमित महाधिवेशन कार्यतालिका ल्याउन लागिएको छ। विशेष महाधिवेशन पक्षधरले नियमित महाधिवेशनको सुनिश्चितता नभएकाले विशेष महाधिवेशन हुने बताइरहेका छन्।

‘क्रियाशील सदस्यता समयमै टुङ्ग्याएर केन्द्रीय समितिले ल्याएको कार्यतालिका अनुसार वडा अधिवेशन हुन्छ कि हुँदैन हेर्ने र नभएमा विशेष महाधिवेशनको तयारी अघि बढ्छ,’ विशेष महाधिवेशन पक्षधरका एक नेताले दाबी गरे, ‘सभापति देउवाले पुसभित्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन कार्यवाहक सभापतिलाई भन्ने तर देउवानिकट नेताहरू नै त्यसको विरोध गर्ने यो के हो, यसले के सन्देश दिन्छ, पुसभित्रै नियमित महाधिवेशन हुन्छ भन्ने सन्देश दिन्छ त?´

त्यसैले सभापति देउवानिकट असन्तुष्ट केन्द्रीय सदस्यहरू र विशेष महाधिवेशन पक्षधरलाई पनि समेटेर पुसभित्रै महाधिवेशन हुने सुनिश्चितता गर्दै केन्द्रीय समितिबाट कार्यतालिका ल्याउने दबाबमा कार्यवाहक सभापति खड्का छन्।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.