Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

अनि डिएसपी पराजुलीले ठाउँको ठाउँ बुलेट बाइक समात्न लगाए

बिहान साढे नौं बज्दै गर्दा दक्षिण तिरवाट एउटा बुलेट बाइक चर्कौ आवाज निकाल्दै हुँइकिदै आयो । त्यहाँ उपस्थित नेता कार्यकर्तादेखि प्रहरी अधिकारीहरुको चर्कौ आवाजसहित आएको त्यो बुलेट बाइकले कार्यक्रममा बोलिरहेका ब्यक्तिको आवाज सुन्नै मुस्किल भइ रहँदा सबैले त्यही बाइक आए तर्फ हेर्न बाध्य भए ।

त्यही क्रममा डिएसपी पराजुलीले मातहतका प्रहरी अधिकारीलाई इशारा गर्दै त्यो मोटरसाइकल नियन्त्रणमा लिन निर्देशन दिए ।

तत्कालै मातहतका प्रहरी अधिकारीले त्यो मोटरसाइकल नियन्त्रणमा लिए । अनि डिएसपी पराजुलीले मनतब्यका क्रममा मोडिफाई गरिएका तथा चर्कौ ध्वनी निकाल्ने मोटरसाइकल सिज अभियान शनिबारदेखि चलाइएको त्यही जानकारी दिए ।

‘ हामीले हिजोदेखि मात्रै आँफुले होइन अरुले किनिदिएका र मोडिफाइ गरि चर्कौ आवाज निकाल्ने तथा ध्वनी प्रदुशन गर्ने मोटरसाइक माथि कारबाही थालेका हौं,’ उनले भने ‘ हिजोदेखि अहिले सम्म त्यस्ता दश वटा मोटरसाइकल हामीले नियन्त्रणमा लिइ सकेका छौं ।’

डिएसपी पराजुलीले सवारी नियम अन्तरग मोडिफाइ गरि चर्कौ ध्वनी निकालेर मोटरसाइकल चलाउँदा त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुँदा नियन्त्रणमा लिनु परेको बताए ।

यस्ता मोडिफाइ गरिएका मोटरसाइकल बाट बिषेश गरि गर्भबति, अशक्त ब्यक्त, जेष्ट नागरिक , बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पुग्ने उनले बताएका थिए ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.