क्वाडी, मंसिर १० । घोराहीस्थित प्राबि क्वाडीको बृहत्तर विकास गर्ने उदेश्यसहित सप्ताह महायज्ञ लगाइएको छ ।

त्यो महायज्ञमा घोराही – १७ पचुुर्खाका दिलबहादुर वलीले एक लाख , ११ हजार एकसय ११ रुपैयाँ नगद दान गरेका छन् ।
त्यस्तै घोराही – ६ का जंगबहादुुर जिसीले दश हजार एक सय ५० , घोराही – ६ कै विद्यालयका प्रधानध्यापक खड्ग वलीले ५० हजार पाँच सय ५५ , घोराही – १७ का शारदादेवी पोख्रेल दश हजार एक सय पाँ रुपैयाँ, घोराही – १७ का लक्ष्मण खत्रीले दश हजार एक सय पाँच , घोराही – ६ का कृष्णकुमारी बुढाथोकीले ११ हजार पाँच सय पाँच रुपैयाँ दान गरेका छन् ।
त्यस्तै घोराही – १७ कै लोकबहादुुर महराले १० हजार ५५ रुपैयाँ , ढिकपुुर सहयोगी टोल विकास संस्थाबाट ७ हजार दुुईसय २६ रुपैयाँ दान गरेका छन् । हालसम्म सप्ताह ज्ञानमहायज्ञमा चार लाख ४५ हजार दुुई सय दूई रुपैयाँ नगद दान संकलन भएको छ ।
महायज्ञ आर्थिक उपसमितिका संयोजक बालाराम वलीले दान दाताको संख्या बढ्दै गएको बताए ।
