Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

तुलसीपुरमा १८ करोड लागतमा अत्याधुनिक फिल्म हल खुल्दै

दाङमा आधुनिक प्रविधियुक्त नयाँ सिनेमाहल सञ्चालन हुने भएको छ । हाल नारायणपुरमा सञ्चालनमा रहेको भिएफएक्स सिनेमाज प्रा.ली. ले अब तुलसीपुरमा पनि आफ्नो शाखा विस्तार गर्ने भएको हो । यस सम्बन्धमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै प्रा.लिका सञ्चालक विजय रावत ले भिएफएक्स सिनेमाज प्रा.ली. र तुलसीपुरमा रहेको कराई इभेन्ट बीच सहकार्य गरेर नयाँ सिनेमा हल सञ्चालनमा ल्याउन लागिएको बताउनुभयो । उहाँका अनुसार स्थानीयस्तरमै उत्कृष्ट मनोरञ्जन सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हो ।

झण्डै १८ करोड रुपैयाँ लागतमा निर्माण हुँदै गरेको उक्त सिनेमाहलमा ५ सय दर्शक क्षमता रहनेछ । अत्याधुनिक डिजिटल प्रोजेक्टर, मोटो ध्वनि व्यवस्था (डॉल्बी/डिजिटल), आरामदायी सिट व्यवस्था र आधुनिक इन्टरियर डिजाइनसहितको मल्टिप्लेक्स स्टाइलको हल निर्माण गरिँदैछ ।

सिनेमाहल तुलसीपुर उपमहानगरपालिका–६, रजौरामा रहेको कराई इभेन्ट परिसरभित्र बन्नेछ । निर्माण कार्य तत्काल सुरु गरिने र आगामी दशैंसम्ममा नियमित रुपमा फिल्म प्रदर्शन सुरू गर्ने लक्ष्य राखिएको सञ्चालक रावतले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा गुणस्तरयुक्त मनोरञ्जनको अभाव रहेकाले नयाँ सिनेमाहलले पर्यटन, व्यापार र भिजिटरसहित आम नागरिकलाई समेत थप सुविधा उपलब्ध गराउने अपेक्षा लिइएको आयोजकले जनाएको छ ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.