Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका छन्

तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगन्जमा मृत फेला परेका छन् । जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थुनुवा देवराज देवकोटा नेपालगन्जको रूकुमेली होटलमा मृत भेटिएको बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दाङको तुलसीपुर–१८ हेमन्तपुरका उनी लागुऔषध मुद्दामा पूर्पक्षमा थिए । उनी जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते तुलसीपुर कारागारबाट भागेका थिए ।

मुखमा फिँज आएको अवस्थामा मृत भेटिएका उनको शव नेपालगन्जको नर्सिङ होममा राखिएको छ । उनको शव आज बिहान १० बजेपछि भेरी अस्पतालमा पोष्टमार्टम गरिनेछ ।
By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.