Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

ब्राउन सुगरसहित तीन जनालाई पक्राउ

तुलसीपुर, ९ मंसिर ।  दाङमा प्रहरीले पछिल्लो २४ घण्टामा दुई फरक स्थानबाट ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–७ राजापुरस्थित लोचन राईको घरमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा हिजो सोमबार खटिएको प्रहरीले सोही ठाउँ बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई पक्राउ गरेको छ । उनीहरुको शरीर खानतलासी गर्दा दुवैजनाबाट ब्राउन सुगर जस्तो देखिने १ ग्राम ९४० मिलिग्राम खैरो धुलो पदार्थ बरामद भएको छ । दुवैजनालाई नियन्त्रणमा लिएर आज जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ ।

यसैबिच रोल्पाको माडी गाउँपालिका–२ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–१३ बस्ने ३४ वर्षीय कर्णबहादुर बि.कलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिकले घोराही–३ को वनगाउँ क्षेत्रस्थित बंगुर फर्ममा बसेर लागुऔषध कारोबार गर्दै आएको सूचनाका आधारमा खटिएको पहरीले फार्ममा गरेको चेकजाँच तथा शरीर खानतलासीका क्रममा बि.क.को साथबाट ब्राउन सुगर जस्तो देखिने ८०० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेपछी उनलाई नियन्त्रणमा लिएको हो । उनलाई पनि आज अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.