Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

बसपार्कमा युवती मृत भेटिएको घटनामा पक्राउ परे एक युवक

काठमाडौंको गोंगबुस्थित बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको हो। यस विषयमा सोमबार दिउँसो २ बजेतिर प्रहरी परिसरले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ।

शनिबार बिहान मृत फेला परेकी युवतीको पहिचान खुलेको थिएन।

सडिसकेको अवस्थामा फेला परेको युवतीको शव पहिचान गर्न प्रहरीलाई कठिन भएको थियो। शव रूकुम घर भएकी करिब २० वर्षीया माया भन्ने आयुषा मगरको रहेको प्रहरी स्रोतको भनाइ छ।

त्यस्तै अनुसन्धानपछि उनको हत्या आरोपमा प्रहरीले अन्दाजी २५ वर्षीय सूर्य थापा मगर भन्ने व्यक्तिलाई पक्राउ गरेको हो।

उनी बसपार्कको एक होटलका कुक हुन्।

 

Ncell

 

उनीहरू दुई जनाबीच सामान्य चिनजान भएको र लागुऔषधको विषयमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.