Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

दुइटा पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा

सशस्त्र प्रहरीले रौतहटमा दुइटा पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो चन्द्रपुर नगरपालिका-४ चन्द्रपुरस्थित देउराली चोकबाट दुइटा अटोमेटिक पेस्तोलसहित एक युवकलाई सशस्त्रले नियन्त्रणमा लिएको हो।

सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बाराको निजगढ नगरपालिका–६ स्थायी घर भई हाल मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१३ पदमपोखरी बस्ने २२ वर्षिय सुमन आचार्यलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिईएको हो ।

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स व्यूरोबाट खटिएको टोलीले उनको साथबाट बेरेडा मेडईन ईटाली र सीएफ ९८(००१६९०८२६६) लेखेको दुई वटा अटोमेटिक पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको डिएसपी थापाले जानकारी दिए।

सशस्त्रले थप कारबाहीका लागि उनलाई प्रहरीमा बुझाउने प्रक्रिया भइरहेको जनाएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.