Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

नेकपाw (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ।

नेकपाw (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ। एमाले सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा तय गरिएको छ।

आज बस्ने बैठकले ११ औं महाधिवेशनको तयारीबारे छलफल गर्नेछ। एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते काठमाडौंमा हुँदैछ। २१ सय बढी प्रतिनिधि रहने महाधिवेशनको प्रतिनिधि छनोट मंसिर १३ गते देशैभर एकैदिन हुँदैछ।

एमालेको आजको सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाबारे पनि छलफल गर्नेछ। एमालेले प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दा लिएर जनपरिचालन गरिहेको छ। यसअघिको सचिवालय बैठकले पुनःस्थापनाको मुद्दा दिएर अदालत जाने छलफल गरे पनि एमाले अदालत गएको छैन।

तर शुक्रबार अदालत जाने तयारी गरेको छ। केही दिनअघि बसेको विघटित संसदीय दल बैठकले त्यसको तयारीका लागि निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मा दिएको छ। सांसदहरू अधिकांशले हस्ताक्षर गरिसकेका छन्।

यसबाहेक समसामयिक राजनीतिक विषयमा छलफल हुने एमालेले जनाएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.