Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सारिएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सारिएको छ।

सोमबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक अब मंसिर ४ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि सारिएको हो।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार बेलुकी अबेर विज्ञप्ति निकालेर केन्द्रीय समिति बैठक सरेको जानकारी गराएका हुन्।

असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै सहमति खोज्ने प्रयास भइरहेको छ।

चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद हुँदा केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन।

सभापति शेरबहादुर देउवा उपचार गरी सिंगापुरबाट फर्किएपछि पार्टीभित्र देखिएको मतभेद समाधान गर्न सक्रियता देखाएका छन्।

सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अनौपचारिक रूपमा शनिबार र आइतबार नेताहरूसँग छलफल गरे पनि सहमति नजुटेपछि केन्द्रीय समिति बैठक नै सारिएको छ।

सभापति शेरबहादुर देउवानिकट केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुनेमा छन्।

तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसके चुनावअघि विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राखेका छन्।

पार्टीभित्र दुईथरी मत हुँदा सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सर्वसहमतिमा केन्द्रीय समितिबाट निर्णय लिन चुनौती थपिएको छ।

यसअघि कात्तिक २९ गते २ बजे बस्ने गरी बोलाइएको बैठक सहमति खोज्ने भन्दै भोलि सोमबारसम्मका लागि स्थगित गरिएको थियो।

महाधिवेशन कार्यतालिकामा नेताहरूबीच सहमति नजुटेपछि सोमबारको बैठक सारेर बिहीबार पुर्‍याइएको हो।

 

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.