Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ जेष्ठ २२ गते शुक्रबार

जसपा नेपालले थप्यो दुई पदाधिकारी र ७ केन्द्रीय कार्यकारिणी सदस्य

जनता समाजवादी पार्टी नेपालले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ। पार्टीले बुधबार जारी गरेको परिपत्रअनुसार एक जना उपाध्यक्षको संख्या थप गर्ने निर्णय भएको छ।

त्यस्तै महासचिव एक जना थप गर्ने र केन्द्रीय कार्यकारिणी सदस्यहरूको संख्या ७ जना थप गर्ने निर्णय भएको छ। जसपा नेपालमा अहिले चार जना उपाध्यक्ष छन्। बढाएर पाँच पुर्‍याउन लागिएको हो। महासचिव तीन जना छन्। एक जना थपेर चार पुर्‍याइएको हो।

थपिने केन्द्रीय कार्यकारिणी सदस्यमध्ये दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन जना रहने निर्णय भएको छ।

आगामी केन्द्रीय सदस्यबाट उपाध्यक्ष, महासचिव र केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने निर्णय भएको परिपत्रमा उल्लेख छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.