Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुरबाट ५ जनालाई पक्राउ गरेको छ

दाङ, २६ कात्तिक । जेनजी आन्दोलनका क्रममा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुरबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–७ राजापुर निवासी २६ वर्षका रुपेश नेपाली, सल्यानको बागचौर नगरपालिका–२ घरभइ हाल तुलसीपुर उपमहानगरपालिका–९, बेलुवा निबासी १८ वर्षका सुनिल वली, तुलसीपुर उपमहानगरपालिका–५ बसापर्क निबासी २० वर्षका करण सुनार, १८ वर्षका मुकेश भण्डारी र तुलसीपुर–६ शान्तिनगर टोल निवासी १८ वर्षका ज्ञानेन्द्र गन्धर्व रहेका छन् ।

गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरुले कार्यालयका झ्यालढोका फुटाउने, कागजात जलाउने, र कार्यालय सामग्री लुटपाट गर्ने कार्य गरेका थिए ।

प्रहरीले घटनास्थलबाट तोडफोड र आगजनीमा प्रयोग भएका विभिन्न सामग्री र प्रमाणहरू संकलन गरेको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.