Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

दाङमा जनेजी आन्दोलनका क्रममा आगजनी र लुटपाटमा संलग्न नौ जना पक्राउ

दाङ,२३ कात्तिक । दाङमा जनेजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाट घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये आठ जना घोराही उपमहानगरपालिका र एक जना सल्यानका रहेका छन्।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका–१५ का २४ वर्षीय सुनिल थापा मगर, त्यही ठाउँका २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय ईनाहित कुरेसी र १८ वर्षीय टेकम डाँगी रहेका छन्।

त्यस्तै, घोराही–१५ कै १८ वर्षीय विवेक पुन मगर, घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका ३४ वर्षीय शरद बस्नेत, घोराही–१३ का सन्दीप घर्ती र सल्यान छत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार पक्राउ परेकाहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही र घोराही बजारस्थित भानुचोकमा रहेको प्रहरी बिटमा ढुंगामुढा, तोडफोड, लुटपाट तथा आगजनी गरी सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएका छन्। प्रहरीका अनुसार ट्राफिक प्रहरी कार्यालयमा भएको आगजनी र लुटपाट प्रकरणमा संलग्न व्यक्तिहरूलाई दाङ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ भने भानुचोकस्थित प्रहरी बिटमा तोडफोड तथा आगजनी गर्ने समूहका लागि ७ दिनको म्याद थप गरिएको छ। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.