भदौ २४ को आन्दोलन तथा तोडफोडपछि बन्द रहेको सिंहदरबारको गेट पास पुन: सुरू गरिएको छ।

सिंहदरबारको दक्षिण गेट नजिकैबाट दिँदै आएको गेटपास आइतबारदेखि पुन: दिन थालिएको हो। भदौ २४ गते सिंहदरबारमा आगजनी हुँदा गेट पास दिने प्रणालीमा समेत क्षति पुगेको थियो।
यसबीचमा अत्यावश्यक गेटपासहरू नयाँ प्रणालीबाट सुरक्षाकर्मीहरूले बेञ्च राखेर दिने गरेका थिए।
तर, भवन भित्रका संरचनाको सामान्य मर्मत सम्भारपछि पुरानै प्रणालीबाट गेटपास दिन सुरू गरिएको हो।
पहिले मन्त्रालयअनुसार विभिन्न झ्यालबाट सर्वसाधरणको लागि गेटपास दिने गरिएको थियो। आजबाट भने एउटा झ्यालबाट मात्रै सबै मन्त्रालयको गेटपास दिन सुरू गरिएको हो।
