Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

ज्यान मार्ने उद्योगमा फरार रहेका व्यक्तिसँग भेटियो प्रहरीबाट लुटिएको हतियार

जेनजी प्रदर्शनको क्रममा लुटिएको एउटा हतियार ज्यान मार्ने उद्योगका फरार प्रतिवादीसँग रहेको खुलेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका-३ बस्ने २२ वर्षीय राजा भनिने वाङ्सु लामालाई पक्राउ गरेको हो।

उनलाई शुक्रबार प्रहरीले गौशालाबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता तथा एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

भदौ २४ गते लुटिएको ग्यास गन र तीन वटा कार्टिज (गोली) काठमाडौं-७ लाहुरे टोलको एउटा खाजा घर बाहिर कुर्सीमा झोलाभित्र राखिएको फेला परेको थियो।

त्यस दिन वाङ्सु भने त्यहाँ फेला परेका थिएनन्। सूचनाका आधारमा थप अनुसन्धान गरी उनलाई पछि पक्राउ गरिएको हो।

पक्राउ परेका वाङ्सु प्रहरी वृत्त बौद्धमा ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी रहेको खुलेको छ।

जिल्ला अदालत काठमाडौंले गत साउन ७ गते पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो।

उनी भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.