Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८२ माघ १६ गते शुक्रबार

ब्राउन सुगरसहित पक्राउ

दाङ, कात्तिक १५। बर्दियाबाट पाँच जना ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

बाँकेको बैजनाथ गाउँपालिका – ५ बनकटुवाका २६ बर्षीय प्रकाश रेग्मी र २६ बर्षकै प्रदिप चौधरी पक्राउ परेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका – ८ कष्ठपुरस्थित चेकपोष्ट बाट उनीहरु कात्तिक १२ गते राति साढे ९ बजेतिर पक्राउ परेका थिए ।

साइकल रेग्मीले चलाएका थिए भने चौधरी पछाडि सवार थिए । बर्दियाका प्रहरी प्रबक्ता डिएसपी देबेन्द्रकुमार मल्लका अनुसार १ ग्राम २९० मिलीग्राम ब्राउन सुगर बरामद भएको छ ।

बर्दिया जिल्ला अदालतले पाँच दिन थुनामा राखेर उनीहरुमाथि अनुसन्धान गर्न अनुमति दिएको छ ।
त्यस्तै कात्तिक १२ गते राति साढे १० बजेतिर बढैयाताल – २ स्थित फुटाहा चेक पोष्टबाट प्रहरीले थप तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गेरुवा गाउँपालिका – ४ गोलाका ३२ बर्षीय बिरबहादुर रावत र बाँकेको कोहलपुर नगरपालिका – ५ का २५ बर्षीय सुरज शाही र छिमेकी देश भारतको कर्णाटक प्रदेश ब्याङलोर जिल्लाका २४ बर्षीय सोयर साइत पक्राउ परेका छन् । उनीहरुको साथबाट साढे ४ सय मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी मल्ले बताए ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.