Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

रोल्पामा भीरबाट ३०० मुनी खस्यो जिप चालकको मृत्यु, तीन जना घाइते

दाङ, कात्तिक १३ । रोल्पामा जिप दुर्घटनामा परि चालकको मृत्यु भएको छ । तीन जना घाइते छन् ।

दुर्घटनाका गम्भीर घाइते चालक जिल्लाको सुनछहरी गाउँपालिका –६ का ३२ बर्षीय थम्मन रोका मगरको उपचारका क्रममा बिहीबार बिहान पौने ३ बजेतिर मृत्यु भएको हो ।

उनलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका चिकित्सकले पौने ३ बजेतिर मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परि जिल्लको लुंग्री गाउँपालिका – ७ हर्जनका ४० बर्षीइ खिमबहादुर पुन, लुंग्री –४ साल डाडाँकी २७ बर्षीया भावना गिरी र उनकी ५ बर्षीया छोरी शान्ति गिरी घाइते छन् ।

सुलिचौरको उपचार पछि तीनै जना घाइतेलाई थप उपचारका लागि मेडिकल कलेज भैरहवाका लागि रिफर गरिएको छ ।

भित्री सडकखण्ड हुँदै किलाचौर बाट सुलिचौर तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको थियो ।

गएराति पौने १० बजेतिर सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा लु २ च ८०१५ नम्बरको वलेरो पिकअप जिप बाटो बाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

इलाका प्रहरी कार्यालय सुलिचौर बाट प्रहरी निरीक्षक अनिलकुमार चौधरीको नेतृत्वमा ११ जनाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरि राति साढे १ बजे मात्रै अस्पताल पुर्‍याएको थियो ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.