Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जान्छौं: पुन

जेनजीसँग चुनावी सहकार्य गर्न तप्तर छौं’

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर चुनावमा जाने धारणा राखेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको जेनजीसहितको छलफलमा नेता पुनले जेनजीको मागमा माओवादी केन्द्रले आन्दोलनपूर्व र पछि पनि समर्थन जनाएको बताएका थिए।

‘अहिले पनि हामी जेनजी युवाको मागमा समर्थन गर्न चाहन्छौं,’ उनले भने।

माओवादी केन्द्र सरकारमा वा प्रतिपक्षमा हुँदा सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम गरेको पनि नेता पुनले बताएका थिजए।

‘त्यस कारण भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने एजेण्डामा हामी र जेनजीबीच निकटता छ। त्यही कारण हाम्रो आन्दोलनमा र पछि पनि समर्थन रहेको हो,’ उनले भने।

भदौ २३ र २४ पछिको अवस्थामा माओवादी केन्द्रले राजनीतिक र संवैधानिक प्रक्रिया सँगै जानुपर्छ भनेको पनि पुनले बताए।

‘सडकले नागरिक सरकार बनायो। यो सरकारलाई राजनीतिक दलको पनि समर्थन थियो।  हामीले यो प्रक्रियालाई संसदले अनुमोदन गर्नुपर्छ भनेका थियौं। तर त्यो भएन। अब मुलुकलाई सही संवैधानिक प्रक्रियामा लाने भनेकै निर्वाचनमार्फत हो। सरकार निर्वाचनको तयारी र विश्वसनीय वातावरण निर्माणमा लाग्नुपर्छ,’ उनले भने।

Laxmi bank

नेता पुनले भ्रष्टाचार नियन्त्रण गर्न २०४६ पछि सार्वजनिक ओहोदामा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न संयन्त्र बननाउने हो भने पनि माओवादी केन्द्र समर्थन र सहयोग गर्न तयार रहेको बताए।

‘जेनजी आन्दोलनका सम्भव मागलाई सरकारले तत्काल सम्बोधन गरोस्, हाम्रो समर्थन रहनेछ। प्रत्यक्ष निर्वाचित राष्ट्रपति, सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डा लिएर हामी चुनावमा जान्छौं। हामी जेनजीसँग पनि चुनावी सहकार्य गर्न चाहन्छौं। हाम्रो तर्फबाट पनि जेनजीसँग निरन्तर संवाद जारी रहनेछ,’ उनले भने।

त्यस्तै नेता पुनले जेनजीको लोकतन्त्र, संविधान, वर्तमान व्यवस्था र निर्वाचनप्रतिको प्रतिबद्धताप्रति पार्र्टीको तर्फबाट उच्च सम्मान रहेको बताए।

‘हामी जेनजी आन्दोलनको भावनाअनुसार आफूलाई रुपान्तरण गर्न पनि तत्पर छौं। सरकारले निर्वाचनको वातावरण बनाओस् हामी निर्वाचनमा होमिन तयार छौं,’ उनले भने।

 

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.