Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको

जल तथा मौसम विज्ञान विभागले अहिले नेपालमा बादल एवम् वर्षा गराउने कुनै प्रणाली नरहेको बताएको छ। कुनै प्रणाली नबनेकाले अहिले देशका अधिकांश स्थानमा घाम लागेको छ। दिउँसो र अपराह्नपख पहाडी भेगका केही स्थानमा आंशिक बदली र राति केही स्थानमा हिमपात, वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मौसमविद् विनादे पोखरेलले कमजोर पश्चिमी वायुले पश्चिम नेपालमा बिहीबार हल्का वर्षा गराएको बताएका छन्। उनले मंगलबारसम्म धेरै ठाउँको मौसम घमाइलो हुने बताएका छन्। मौसम घमाइलो हुनाले पाकेको धानबाली भित्र्याउन उपयुक्त हुने देखिएको छ।

बुधबारदेखि पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको पोखरेलको भनाइ छ।

‘कमजोर पश्चिमी वायुले पश्चिम नेपालमा हिजो हल्का वर्षा गरायो। अब मंगलबारसम्म धेरै ठाउँमा मौसम घमाइलो नै हुनेछ। बुधबारदेखि आधा पूर्वी नेपालमा वर्षाको सम्भावना राम्रै देखिन्छ,’ उनले भनेका छन्।

बंगालको खाडीमा विकसित भइरहेको पानी पार्ने प्रणाली (न्यूनचापीय) ले पूर्वी नेपालमा वर्षा गराउने सम्भावना रहेको पनि उनले बताएका छन्।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.