Dang Post दांङ् पोस्ट

“सत्य र तत्यथा”
“जनताको समाचार”

२०८३ बैशाख ८ गते मंगलवार

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो।

सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्।

भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो।

प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी समेत गरेका थिए।

यसअघि पनि प्रहरीले थापा र रायको हत्या आरोपमा केही व्यक्तिहरूलाई पक्राउ गरेको थियो।

मिलन रायको हत्यामा संलग्न युवराज क्यापछाकी र सोनाम बुद्धिलाल र उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परेका थिए।

त्यस्तै कोटेश्वरमा प्रहरी जवान अमृत गुरूङको पनि हत्या भएको थियो।

पक्राउ परेकाहरूमाथि अनुसन्धान सकेर प्रहरीले पुर्पक्षका लागि थुनामा समेत पठाइसकेको छ।

By Dang post दांङ् पोस्ट

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.